युक्रेनको राजधानी कियभमा रुस समर्थित पत्रकार ओलेस बुजिनाको गोली हानी हत्या भएको छ ।
कारमा आएका अज्ञात बन्दुकधारीले बुजिनाको गोली हानी हत्या गरेको युक्रेनी आान्तरिक मन्त्री एन्टोन हेराश्चेन्कोले पुष्टि गरेका छन् ।
गत वर्षमात्र ४५ वर्षीय बुजिनाले रुस समर्थित पार्टीका तर्फबाट संसदीय निर्वाचनमा भाग लिएका थिए ।
यसअघि कियभमा रुस समर्थित अपदस्थ युक्रेनी राष्ट्रपति भिक्टर यानोकोभिच समर्थित सांसदको गोली हानी हत्या भएको थियो । (एजेन्सी)