इरानको परमाणु कार्यक्रमले विश्व जगतमा हलचल मच्चाइरहेकै बेला दक्षिण एसियाका राष्ट्र पनि परमाणु कार्यक्रम निर्माणमा अग्रसर भइरहेको खुलासा भएको छ ।
‘स्टहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्यूट’का विशेषज्ञहरुको टोलीले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार भारत, पाकिस्तान र चीनबीच परमाणु क्षमता विस्तारमा होडबाजी नै चलिरहेको छ । जुन विश्वका लागि खतराको विषय हो ।
राजनीतिक रुपमा असुरक्षित रहेको पाकिस्तान पछिल्लो समय परमाणु कार्यक्रममा निरन्तर लागिरहेको छ । जसका कारण पछिल्लो दशकमा पाकिस्तानले आफनो मिसाइल संख्या तीन गुणाले बृद्धि गरेको छ ।
स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्यूटले जनाएअनुसार पाकिस्तानले आधा हतियार चीनबाट निर्यात गर्ने गरेको छ ।
चीनले परमाणु कार्यक्रम तीव्र बनाएको उल्लेख गर्दै प्रतिवेदन भन्छ