इराकमा पूर्वराष्ट्रपति सद्दाम हुसैनका निकट सहयोगी मानिने एक पूर्वसैनिकको हत्या गरिएको छ ।
पछिल्ला दिनमा अतिवादी शिविरका नेता मानिएका इज्जत इब्राहिम अल दौरी एक मुठभेडमा मारिएको इराकी अधिकारीहरुले जनाएका हुन् । उनलाई उत्तरी बगदादको सलाहुद्दीन प्रान्तमा भएको एक भिडन्तमा मारिएको हो ।
अल दौरीका समर्थकहरुले भने सरकारी दाबीलाई अस्वीकार गरेका छन् । अल दौरी सद्दाम हुसैन शासनकालका अन्तिम महत्वपूर्ण व्यक्ति मानिन्थे ।
७२ वर्षीय दौरीले नक्शबन्दी विद्रोही समूहको नेतृत्व गरेका थिए । जो इस्लामिक स्टेटको प्रोत्साहन दिने समूह मानिन्छ । (एजेन्सी)