काठमाडौं । सत्तारुढ नेपाली काँग्रेस र एमाले जतिसक्दो चाँडो संविधान जारी गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको दुई दलको बैठकले एकीकृत माओवादीसँग वार्ता गरी संविधानका विवादित विषयलाई चाँडो टुंगोमा पु-याउने निर्णय गरेको छ ।
सहमति भएका विषयलाई मस्यौदा बनाउने र बाँकी रहेका विषयमा सहमतिको प्रयास गर्न पनि दुई दल सहमत भएको बैठकपछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिए ।
आज बस्ने संविधानसभाले अर्को बैठकको एजेण्डा तय गर्नलाई पनि काँग्रेस-एमाले बैठक बसेको बुझिएको छ । इमेजखबरमा समाचार छ ।