उद्दारका लागि ५० जना चिकित्सकसहित भारतीय टोली काठमाडौंमा

काठमाडौ – उद्दारका लागि ५० जना चिकित्सकसहित भारतीय टोली काठमाडौं आइपुगेको छ । भारतीय वायु सेनाको विशेष बिमानमार्फत ४ सय टन औषधी र उद्दार सामग्रीसहित टोली आइपुगेको हो ।
त्रिभुवन बिमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार भारतीय टोली पौने ६ बजे बिमानस्थल आइपुगेको हो ।
इन्डोनेसियाबाट थाइल्याण्ड पुगेका प्रधानमन्त्री सुशील कोइरुलालाई टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोगको प्रतिबद्धता जनाएका थिए ।
दर्जन पटक गएको भूकम्पका कारण नेपालको राजधानीसहित विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त छ । भूकम्पका कारण हालसम्म ६८६ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ । ईकान्तिपुरमा समाचार छ ।