भुकम्पका कारण सन्धिखर्कमा हुने भनिएको एवाइसी रनिंगशिल्ड भलिबल प्रतीयोगीता स्थगित

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १४ बैसाख । अर्घाखाँचीको सन्धिखर्कमा बैसाख १८ गते देखि हुने भनिएको गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता स्थगित  भएको छ । 
बिनासकारी भुकम्पबाट देस संकटमा परिणत भएको समयमा उद्धार र राहातमा खट्न आग्रह गर्दै अर्घाखाँची युबा परिसदले पुर्ब घोषित भलिबल खेल प्रतीयोगीता अनिस्चीतकालाका लागि स्थगित गरेको बताएको छ । 
सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा परिसदको आकस्मीक बैठकले बैसाख १८ गते देखि सञ्चालन गर्ने भनेको भलिबल प्रतीयोगीता स्थगित गरेको र प्रधानमन्त्री राहातकोषमा १० हजार रुपैया पठाउने निणर्यय गरेको परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए । 
   साथै संम्पुण साथी वचत तथा ऋण सहकारी संस्था र अर्घाखँची युवा परिषद् का सदस्यहरु लाई संयम अपनाई सहयोगमा जुट्न पनि बैठकले अनुरोध गरेको छ ।

अन्य समाचारहरु