अर्घाखाँचीमा भुकम्पबाट ४९ घर पुर्ण र एक सय ३७ आंसिक रुपमा भत्किए ( कहाँ कहाँ के-के भयो सम्पूर्ण विवरण सहित )

प्रेमनारायण आचार्य 
अर्घाखाँची १४ बैसाख । बिनासकारी भुकम्पबाट अर्घाखाँचीमा ४९ घर पुर्ण रुपमा भत्किए पछि  ४९ घर परिबार खुल्ला आकारसमा बसिरहेका छन । उनीहरु घरबाट पुर्ण रुपमा बिस्थापीत भएका छन । जिल्लाका बिभिन्न गाविसमा एक सय ३७ घर आंसिक रुपमा भत्किएका छन । 
पोखराथोकमा ९, ठुलापोखरामा ५ , खनमा ५, खिदिममा ३, हसपुरमा १,सुवर्णखाल २, पणेनामा ४,धारापानीमा १,मैदानमा २, लगायत गर ४९ घर पुर्ण रुपमा र  जिल्लाका बिभिन्न गाविसमा एक सय ३७ घर आंसिक रुपमा भत्किएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । 
जिल्लाका बल्कोट , धनचौर, खन, किमडाडा लगायतका स्थानमा बिद्यालय भबन समेत भत्किएका छन । 
 घर भत्किएका र घरमा बस्नै नसक्ने गरि क्षती भएका घर परिबारलाइ जिल्ला दैबीक प्रकोप उद्धार समिति तथा रेडक्रस सोसाइटीले रहातका सामाग्री बितरण गरिरहेको छ । मानबीय क्षतीबाट जिल्ला बचेको छ । भुकम्पको डरले मानिसहरु घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन । 

अन्य समाचारहरु