सागर राज तिमिल्सिना, सेतोपाटी
शनिबार गएको महाभूकम्पका कारण पीडित बनेका सर्वसाधरणलाई पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतका बसहरुले निःशुल्क रुपमा काठमाडौबाट पोखरा ल्याउने व्यवस्था मिलाएका छन्।सामाजिक उत्तरदायित्व र सहयोगको भावनाले भूकम्पबाट पीडित बनेर काठमाडौं छोड्न लागेका सर्वसाधरणलाई पोखरासम्म ल्याउने व्यवस्था मिलाइएको समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए।
बुधबार बिहानैदेखि काठमाडौंको बसपार्कबाट यात्रु बोकेर निःशुल्क पोखरासम्म ल्याउने केसीले जानकारी दिए। यात्रु बोक्नका लागि पोखराबाट मंगलबार बसहरु काठमाडौ गएको अध्यक्ष ऐनकुमार साईले जानकारी दिए।