काठमाडौ – काठमाडौँ महानगरपालिका’१५ स्थित ठाडो भर्याङ, बनस्थली, ढुङेधारा क्षेत्रबाट हालसम्म ५५ जनाको जीवितै उद्धार र ४८ जनाको शव निकालिएको छ ।
यहाँको जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त सङ्ख्यामा उद्धार गरिएको हो ।
ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ ।
यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्धार कार्यलाई जारी राखिएको बताए । रासस