भूकम्पपछि सर्वसाधारणलाई तत्काल राहत पुग्ने गरी विश्व खाद्य कार्यक्रमद्धारा १ सय ८० मेट्रिक टन खाद्यान्न एवं पौष्टिक पदार्थ सहयोग

नेपालमा आएको भूकम्पपछि बिचल्ली स्थितिमा रहेका सर्वसाधारणलाई तत्काल राहत पुग्ने गरी विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १ सय ८० मेट्रिक टन खाद्यान्न एवं पौष्टिक पदार्थ नेपाल पठाएको छ ।
इटलीको रोमस्थित डब्लुएफपी मुख्यालय हुँदै भारतको कोलकातासम्म बिमानमा आएको ३ लाख ४६ हजार युरो बराबरको पौष्टिक आहारको पहिलो खेपमा ९० मेट्रिक टन राहत छ । यसका लागि भन्सार/ढुवानी शुल्क मिनाहासहितको बिशेष प्रबन्धमा बीरगञ्ज हुँदै गत शुक्रबार काठमाडौं पठाइसकिएको महाबाणिज्यदुत चन्द्रकुमार घिमिरेले बताए ।
यो खाद्यान्न राहत बुधबार काठमाडौं पुग्नेछ । खाद्यान्न राहतको दोस्रो चरणमा ७ लाख १५ हजार ७०६ डलर बराबरको थप ९० मेट्रिक टन सामग्री आइतबार राति कोलकाता आइपुग्ने र तत्कालै बीरगंज हुँदै काठमाडौं पठाइने भएको छ । यो सामग्री भने पानी जहाज हुँदै कोलकाता आइपुग्दैछ । ईकन्तिपुरमा समाचार छ ।