इराकको रमादी शहर इस्लामिक आतंकबादी समूह आइएसको नियन्त्रणमा

इराकको रमादी शहर इस्लामिक आतंकबादी समूह आइएसको नियन्त्रणमा गएको छ ।
आइएसको नियन्त्रणपछि आतंकवादी समूह बिरुद्ध हवाई तथा स्थलगत कारबाही गर्दै आएको अमेरिकी गठबन्धन सेना सो शहर छोड्न बाध्य भएको छ ।
इराकको बिभिन्न शहर कब्जा गर्दै अगाडि बढेको आईएसले पछिल्लो समय रमादी शहर नियन्त्रण गर्न लामो संघर्ष गर्नु परेको थियो ।
सो शहर नियन्त्रणमा लिएलगत्तै आईएसको पकड झन बलियो देखिएको छ ।
यता अमेरिकी गठबन्धन सेना र आईएसबीचको संघर्षका कारण इराकका सयौं सर्वसाधारण थातथलो छोडी अन्यत्र पलायन भएका छन् ।
संघर्षका कारण शरणार्थीका रुपमा छिमेकी मुलुक पलयत  भएकाहरु अस्थायी पालमा बस्न बाध्य भएका छन् ।
इराक र सिरियामा एकसाथ आतंकबादी गतिविधि गर्दै आएको आइएस विरुद्ध अमेरिकी गठबन्धन सेनाले हवाई तथा स्थलगत आक्रमण गर्दै आएको छ । एजेन्सी