सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको हटारिनेटास्थित सामुदायिक वनमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
जगंलमा भेटिएको लासको सनाखत भएको र परिचय गुल्मी नयाँगाउँकी अन्दाजी ४०-४५ वर्षकी बसन्ता नेपाली रहेको प्रहरीले उल्लेख गरेको छ ।
महिलाको लास सढिसकेको अवस्थामा फेला परेको हो । तर कारण अहिले सम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयले घटनाको विस्तृत अनुसन्धान अगाडी बढाएको जनाएको छ ।