दक्षिण अफ्रिकामा हड्तालका क्रममा ३४ जना मजदुर मारिएको सम्बन्धमा प्रहरीविरुद्ध जाँच आदेश

दक्षिण अफ्रिकामा सन् २०१२ मा भएको हड्तालका क्रममा ३४ जना खनिज मजदुर मारिएका सम्बन्धमा अनुसन्धान गर्न एक आयोगले सिफारिस गरेको छ ।
मारिकाना खनिज केन्द्रमा मजदुर हड्ताल अन्त्य गर्न प्रहरीले गरेको हस्तक्षेप ठीक नरहेको निष्कर्ष निकाल्दै आयोगले प्रहरीविरुद्ध आपराधिक अनुसन्धान गर्न सिफारिस गरेको हो ।
राष्ट्रपति ज्याकब जुमाले मजदुर हड्ताल अन्त्य गर्न प्रहरीले गरेको हस्तक्षेप ठीक नरहेको निष्कर्ष आयोगको रहेको बताए । तर, प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गर्दै आएको छ ।
तलबबृद्धिको माग गर्दै मजदुरहरु हड्तालमा उत्रँदा प्रहरीले गरेको कारबाहीमा ३४ जनाको मृत्यु भएको थियो । दक्षिण अफ्रिकामा रंगभेद अन्त्य भएयता यो सबैभन्दा ठूलो हिंस्रक घटना मानिएको छ । (एजेन्सी)