पाकिस्तानको पन्जाब प्रान्तमा सयौं सेना लिएर गइरहेको रेल पुलबाट नदीमा खस्दा कम्तिमा १७ जना सेनाको मृत्यु

पाकिस्तानको पन्जाब प्रान्तमा सयौं सेना लिएर गइरहेको रेल पुलबाट नदीमा खस्दा कम्तिमा १७ जना सेनाको मृत्यु भएको छ ।
वजिरावाद नजिक भएको दुर्घटनामा मारिनेमा उच्च सैन्य अधिकृत, उनकी श्रीमती र छोरीसमेत रहेको जनाइएको छ ।
पुलको भाग नै नदीमा खसेपछि दुर्घटना भएको हो । उक्त पुल बृटिस शासनकालमा निर्माण भएको थियो । (एजेन्सी)