अमेरिकी राष्ट्रपति ओबामाद्धारा इरानसँगको परमाणु सम्झौता मध्यपूर्वको युद्ध टार्ने एउटै उपाय भएको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानसँगको परमाणु सम्झौता मध्यपूर्वको युद्ध टार्ने एउटै उपाय भएको प्रतिक्रिया दिएका छन् ।
इरानसँगको परमाणु कार्यक्रम विवादास्पद बनेपछि वासिङ्टनमा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले सम्झौता विरोधीहरुसँग कुनै उपाय भए पेश गर्न आग्रहसमेत गरे ।
उनले इरानसँगको सम्झौताले इरानको परमाणु कार्यक्रम ठप्प भएको भन्दै रिपब्लिकन पार्टीका नेताहरुलाई सम्झौतालाई गलत अर्थमा नलिन आग्रह गरे ।
अमेरिकासहित ६ विकसित राष्ट्र र इरानबीच गत मंगलबार परमाणु सम्झौतामा हस्ताक्षर भएको थियो ।
इरानको परमाणु कार्यक्रमबारे चिन्तित अमेरिकाले लामो समयको प्रयासपछि इरानसँग सम्झौता भएको हो ।
इरानले परमाणु बम बनाइरहेको आशंकामा अमेरिकले इरानलाई परमाणु कार्यक्रम रोक्न बारम्बार आग्रह गर्दा पनि इरानले भने आफूहरुको परमाणु कार्यक्रम शान्तिपूर्ण भन्दै यसलाई नरोक्ने अडान लिएको थियो ।
परमाणु सम्झौतापछि इरानले परमाणु कार्यक्रमलाई सिमित राख्ने छ भने अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउने छ । – एजेन्सी