अर्घाखाँचीका सभासदले निर्वाचन क्षेत्र नं. १ का नागरिकको राय सुझाव लिए (मस्यौदामा जनताले दिएका सुझाव सहित )


महेन्द्र विद्याबोध उच्च माध्यमिक विद्यालय बल्कोटमा

 

प्रेमनारायण आचार्य 



बल्कोट, अर्घाखाँची । अर्घाखाँचीका  सभासदले आइतबार निर्वाचन क्षेत्र नम्बर १ का नागरिकको राय सुझाव लिएका छन् ।

 



 

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकको राय संकलन गर्ने कार्य अन्तर्गत राय सुझाव लिएका हुन् ।



गाउँ गाउँमा गएर नागरिकको अभिमत संकलन गर्नका लागि सभासदहरु  टोपबहादुर रायमाझि, मानबहादुर विश्वकर्मा र डा. दुमन सिंह थापा सेनाको हेलिकप्टर चढेर शुक्रबार सन्धिखर्कमा आउनुभएको थियो ।

 



 

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत १९ गाविसका नागरिकले महेन्द्र विद्याबोध उच्च माध्यमिक विद्यालयमा पुगेका सभासदहरु तथा सचिवालयका कर्मचारीलाई आफ्नो राय सुझाव मौखिक तथा लिखित रुपमा दिएका हुन् ।

 



 

मस्यौदामा सर्बसाधारण जनताको सुझाव

 

– देशलाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने, अर्घाखाँचीलाई लुम्बिनी प्रदेशबाट बाहिर राख्न नहुने

– प्रदेशको बाँडफाड हिमाल, पहाड र तराईलाई मिलाएर बनाउनु पर्ने

– केन्द्र तथा प्रदेशको उमेद्धारको लागि योगयता किटान गर्नु पर्ने

– मानव बेचविखन गर्नेलाई मृत्युदण्डको सजाय गर्नु पर्ने

– जल, जंगल, जडिबुटी र जमिनमा नागरिकको अधिकार स्थापित गर्नु पर्ने लगायतका सुझाव दिएका छन् ।

 

सभासद र कर्मचारीको टोलीले क्षेत्र नम्बर २ मा सोमबार सुझाव संकलनका लागि कार्यक्रम हुनेछ ।

 

अन्य समाचारहरु