अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ का सर्वसाधारणले प्रारम्भिक मस्यौदामाथि आफ्नो राय सुझाव दिए

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका सभासदलाई निर्वाचन क्षेत्र नम्बर २ का सर्वसाधारणले  प्रारम्भिक मस्यौदामाथि आफ्ना राय सुझाव दिएका छन् । 

 


 

नागरिकको अभिमत संकलन गर्नका लागि सभासदहरु  टोपबहादुर रायमाझी, मानबहादुर विश्वकर्मा र डा. दुमन सिंह थापा र कर्मचारीको टोलीले सर्बसाधारणका सुझाव लिएका थिए । 



निर्वाचन क्षेत्र नम्बर २ का नागरिकले सन्धिखर्कको सभागृहमा पुगेर सभासदहरु तथा सचिवालयका कर्मचारीलाई आफ्नो राय सुझाव मौखिक तथा लिखित रुपमा दिएका हुन् ।




मस्यौदामा सर्बसाधारण जनताले  देशलाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने, अर्घाखाँचीलाई लुम्बिनी प्रदेशबाट बाहिर राख्न नहुने, प्रदेशको बाँडफाड हिमाल, पहाड र तराईलाई मिलाएर बनाउनु पर्ने, केन्द्र तथा प्रदेशको उमेद्धारको लागि योगयता किटान गर्नु पर्ने लगायतका सुझाव दिएका छन् ।




अन्य समाचारहरु