अर्घाखाँचीको नुवाकोट चिउरामाटीमा बाघको आक्रमणमा परी एक बालिका घाईते

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम)। अर्घाखाँची जिल्लाको नुवाकोट गाविस वार्ड  नं. ४ स्थित चिउरामाटीमा बाघको आक्रमणमा परी एक बालिका घाईते भएकी छन् ।

बाघको आक्रमणमा परी ११ बर्षिया अस्मिता गैरे घाईते भएकी हुन् ।  साँझ करिव साँढे छ बजे घरको आगनमा खेलिरहेको अवस्थामा बालिका बाघले आक्रमण गरेको थियो ।



घाइते बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।  



गत वर्ष नुवाकोट गाविसको वार्ड  नं. ४ सुरसिंगमा दुर्गा बहादुर नेपालीको छोरा ३ बर्षिय नारायण नेपाली पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमेश नेपालीलाइ बाघले खाएको थियो । 



अर्घाखाँचीमा अहिले पनि बाघले आंतक मञ्चाउन क्रममा नरोकीएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।

 


अन्य समाचारहरु