उत्तर कोरिया युद्धको तयारीमा

 उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।
आफ्नो मुलुकविरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उत्तर कोरियाली नेता उनले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका हुन् ।
आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले अर्द्धयुद्धको अवस्था देखिएको बताए ।
दक्षिण कोरिया तथा उत्तर कोरियाबीच सीमा क्षेत्रमा दुईतर्फी गोलाबारी भएपछि कोरिया प्रायद्वीपमा तनाव बढेको छ । उत्तर कोरियाले आफ्ना क्रियाकलाप बन्द नगरे कडा कारबाही सामना गर्न दक्षिण कोरियालाई चुनौती दिएको छ ।
आफ्नाविरुद्ध प्रचारबाजी गरेको आरोपमा उत्तरले दक्षिणको भूमिमा बम प्रहार गरेको थियो ।
जवाफमा दक्षिण कोरियाले दसौं राउन्ड आर्टिलरी फायर गरेको छ । ४८ घण्टाभित्र प्योङ्याङविरोधी प्रचार बन्द नभए सैनिक कारबाही गरिने लिखित चेतावनी उत्तर कोरियाले दिएको छ । (एजेन्सी)