गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । जनताको सूचनाको अधिकार सम्वन्धी गाउँ – गाउँमा सचेतना अभियान संचालन गर्दै आएको सूचना तथा सुशासन अभियान सिआईजी अर्घाखाँचीले सूचनाको अधिकार सम्वन्धी संवाद कार्यक्रम ठाडा गाविसको वाड नं. ५ स्थीत पिरापानीमा हिजो सम्पन्न गरेको छ ।
पत्थरकोट, डोहोटे र पिरापानीलाई समेटेर आयोजना गरिएको सुचनाको अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सिआईजीका अध्यक्ष मुक्ति नाथ भुसालले करिव ढाई घन्टा लामो भिजुयल सहित सूचनाको हक सम्वन्धि महत्व, व्यवहारीक प्रयोग र सम्भावीत समस्याहरुको समधान लगायतका बिषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सिआईजी अर्घाखाँचीले संचालन गरेको यो अभियानले भ्रष्टचार नियन्त्रणमा सहयोग पुग्ने भन्दै जिल्लाबासीहरुमा खुशियाली छाएको सिआईजीका अध्यक्ष मुक्ति नाथ भुसालले दाबी गर्नुभएको छ । उहाँले आफुहरुको अभियानमा ब्यापक जनसहभागीता र जनताको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ।