खाचिकोट र वाङ्लामा सराय नाच जात्रा सम्पन्न (भिडियो / फोटो फिचर)
कार्तिक ८ गते, २०७२ मा प्रकाशित
खाचिकोट/ वाङ्ला, अर्घाखाँची । आज महान चाड दशैं टीकाको तेस्रो दिन त्रयोदशी । अर्घाखाँची जिल्लाको खाचिकोटको मैदान स्थित खाँची भगबती मन्दिरमा त्रयोदशीका अवसर पारेर आइतबार बृहत सराय जात्रा निकालेर फूलपाती बिसर्जन गरिएको छ ।
भिडियो: लेखनाथ पौडेल
उक्त सराय मेलामा जिल्लाका ठाडा, अमराई, नरपानी, सन्धिखर्क, नुवाकोट, धन्चौर लगायतबाट हजारौं दर्शनार्थीहरु आएका थिए।
भगबती मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिइको सराय जात्रा मैदान बजार परिक्रम गरी भगबती मन्दिरबाट फूलपाती लिई हजारौको संख्यामा हाथमा घरेलु हथियार लिएर सरायँ खेल्दै फूलपाती विसर्जन गरिएको छ ।
वाङ्लाको मौलीपोखरामा पनि सराय नाच सम्पन्न
यसैगरी त्रयोदशीको दिन वाङ्लाको मौलीपोखरामा पनि भव्य सराय नाच सम्पन्न भएको छ । सराय नाच मेलामा सयौ स्थानिय एवम छिमेकी गाविसका मानिसहरुको उपस्थित रहेको थियो ।
परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको सम्बन्ध विस्तार गर्न आइतबार दिउसो सराय जात्रा निकालिएको हो ।