डिल्लीराज घिमिरे
अर्घा र खाची मिलि बन्यो मेरो जिल्ला ।
प्रकृतिको देन नै हो हाम्रो यो किल्ला ।।
कति सुन्दर बस्ति छ हरियाली ठाउ ।
म जहाँ पुगे पनि भुल्दैन त्यो गाउँ ।।
पाणिनिको तपोभूमि पड़ेनाको सिर ।
सुप देबी देउराली खाचिकोट भिर ।।
दुर्बासाको गुफा छ दुर्गाटारी तिर ।
हामी सबै एक छौं अर्घाखाँची बिर ।।
सिक्षा संचार यातायात मा हैन कतै कमि ।
४२ गाविस भएको जिल्ला हेर्नु कतिधनी ।।
पहाडको बिचमा बेसी कति राम्रो ।
प्रकृतिको धनि जिल्ला अर्घाखाँची हाम्रो ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग चार पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )