डिल्लीराज घिमिरे
पणेनाको अग्लो पहाड़ त्यसैमाथी दह ।
हरियाली प्रकृतिमा रमाउदै लह लह ।।
खिदीमको विद्या पिठ संस्कृतिको घर।
डाडाकटेरीको सुन्दरपार्क हेर्नु छ रहर ।।
पटौटीको केन्द्र विन्दु देउरालीको ठाउँ ।
कति राम्रो मिलेको छ निगालीको गाउ ँ ।।
ढोरपाटनमार्ग जाने पटौटी,मैदान र पाली ।
कती सुन्दर पटौटीको मुटु हो यो देउराली ।।
देवी प्रभा विद्यालय छ पटौटीको गाउमा ।
देउरालीमा अर्कों स्कुल धौरालीको नाउँमा ।।
खिदीमको दुर्गासेशोर गुफ़ा अनी सम्म टारी ।
कति राम्रो मिलेको छ यहाँ हाम्रो खेतवारी ।।
चिदीका,वल्कोट,केरुंगा मंगरातको पाखा ।
अर्घाखाँची मैं रमाउछन सधै मेरा आँखा ।।
हेर्दै सुन्दर मिलेको छ मथुराको वेँसी ठाउ ।
माथी पट्टी अझ राम्रो वागंलाको त्यो गाउँ ।।
सिमलपानी हेर्दै सुन्दर त्यसैमाथी वन ।
धान खेती र काठपात यहाको मुल धन ।।
प्रकृतिको सुन्दरतामा वस्छौ हाँसी हाँसी ।।
प्राण भन्दा प्यारों लाग्छ हाम्रो अर्घाखाँची ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग सात पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )