डिल्लीराज घिमिरे
चिदीका,वल्कोट केरुगां,डिभर्ना र खन ।
प्रकृतिको सृष्टि नै रहेछ तपाई हाम्रो धन ।।
अर्घातोष,छत्रगंज,ठुलापोखरा र धारापानी ।
अर्घाखाँची कै सान रहेछ त्यों सुपा नरपानी ।
पस्चिम सिमा प्युठान संगै असुरकोटको वन ।
सवै हामी विकास प्रेमी कति स्वच्छ छ है मन ।
हंसपुर,गोखुंगा उत्तर छुने गुल्मीको तीन कुने ।
अर्घाखाँची वासी नामै सुन्दा मनमै हर्ष हुने ।।
दक्षिण सिमा छुट्टाउने गावीस सिमलपानी ।
कति सुन्दर हरियाली छहै प्रकृतीको खानी ।।
सिद्दरा,जुकेना,जलुके,खिल्जी सुवर्ण खाल ।
कालीकाठी,घेरालेख खाचीकोटको ढाल ।।
धनचौरको त्यों झरना सुपादेउरालीको भीर ।
अर्घाखाँची मिलेर वनेका छ कती राम्रो स्थीर ।
मनमा समाज सेवा भावना वोकेको छ यहाँ ।
समाजसेवी वनेका छौ पुगेपनी जहाँजहाँ
प्रकृतिको शान हाम्रो जिल्ला अर्घाखाँची ।
रास्ट्रसेवक वन्न चाहान्छौ सधै हाँसीहाँसी ।
आपत विपत पर्दा खेरी सहयोगी छ भावना ।
जिल्लाको यात्रा गर्नु तपाई सवैमा कामना ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग नौ पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )