गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । घर शान्ती नै विश्व शान्तीको आधार, पूर्न-निर्माण शिक्षा र समान ब्यवहार भन्ने मुल नाराका साथ हिजोबाट सुरु भएको १६ दिने अन्तराष्ट्रिय लैगिंक हिंसा बिरुद्धको सचेतना अभियानको अर्घाखाँचीमा पनि विबिध कार्यक्रम गरी समुद्घाटन गरीएको छ ।
हरेक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा बिरुद्धको यो अभियान मंसिर २४ गते सम्म अर्घाखाँची जिल्लामा प्रत्येक दिन विबिध कार्यक्रम गरी मनाईने भएको छ । सचेतना अभियानको पहिलो दिन हिजो सन्धिखर्कमा सद्भाव -याली र प्रवचन कार्यक्रम सम्पन्न भएको छ । साथै लैङ्गिक हिंसा बिरुद्ध हस्ताक्षर अभियान पनि हिजैबाट सुरु गरीएको छ ।
लैङ्गिक हिसां विरुद्धको १६ दिने सचेतना अभियानको मुल आयोजक समितिका अनुसार प्रत्येक नागरिकलाई म लैङ्गिक हिसां गर्दिन, गरेको सहन्न आवाज उठाउँछु भन्ने प्रतिबद्धता जनाउन मंसिर २४ गते सम्म नै हस्ताक्षर अभियान संकलन गर्ने बताइएको छ ।
सचेतना अभियानको समुद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक हिसां अन्त्य गर्न आफैबाट सुरु गर्नुपर्ने र आफ्नो घरबाटै लैङ्गिक हिसांको अन्त्य गर्न थालनी गर्नुपर्ने बताएका छन् ।
जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिबगैँचा चोकबाट सुरु भएको -याली चुत्रावेसी, नयाँ बसपार्क, हललाइन, गुन्टीखोला, बैङ्करोड हुँदै पूनः शान्ति बगैँचामा आइ कोणसभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानिय विकास अधिकारी लक्ष्मी पान्डे गौतम,महिला विकास अधिकृत दिपा घिमिरे शर्मा , जिल्ला जन-स्वास्थ्य कार्यालय प्रमुख डा.जगन्नाथ तिवारी, जिल्ला स्थित राजनितिक दलका नेता तथा महिला नेतृ एंव विभिन्न संघ सस्थाका प्रतिनिधि , नागरिक समाज र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।
लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियानमा अर्घाखाँची जिल्लामा श्रीमान-श्रीमती हाजिरीजवाफ प्रतियोगिता,सासु