चुत्राबेसी । फाइल
प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घोचेखोलामा यस बर्ष देखि सिमी र बोडीको बिउ उत्पादन हुने भएको छ ।
स्थानीय लक्ष्मी तरकारी उत्पादन कृषक समुहले किसानकालागि उन्नत बिउ बिजन परियोजना कार्यक्रमको सहयोगमा सिमी र बोडीको बिउ उत्पादन गर्ने भएको हो ।
तरकारी उत्पादनको क्षेत्र भनेर चिनिने यस क्षेत्रमा बिउ उत्पादनको कार्यको सुरुवातको चरणमा आज घोचेखोलामा सार्बजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा किसानकालागि उन्नत बिउ बिजन परियोजना कार्यक्रमका जिल्ला संयोजक मुक्ति पौडेल, नेपाली काग्रेस किमडाडाका सभापति हुम प्रसाद बन्जाडे, एमालेका बिरबहादुर सुनार, एमाओबादीका गोकर्ण बन्जाडे, राष्ट्रिय जनमोर्चाका लोकराज भुसाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम लक्ष्मी तरकारी उत्पादन कृषक समुहका अध्यक्ष गणेश बन्जाडेको अध्यक्षता, पुस्करनाथ बन्जाडेको स्वागत मन्तब्य र देबेन्द्र बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।