सन्धिखर्कमा नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम)। नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा स्थानिय शान्ति समिति अर्घाखाँचीको आयोजनामा अनुशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 


प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख कमलराज खरेल, विभिन्न  राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत संघसस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 


साथै कार्यक्रममा बीस गाविस तथा नगर स्तरिय शान्ति समितिका पदाधिकारीहरु एवं सराेकारवाला प्रतिनिधिकाे उपस्थितिमा सम्पन्न भएको थियो । 

२४ गते बिहीवार बिहान ११ बजे 
 
नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा स्थानीय शान्ति समिति अर्घाखाँचीको आयोजनामा अनुशिक्षण कार्यक्रम २४ गते बिहीवार बिहान ११ बजे हुँदैछ । सार्वजनिक उच्च मावी छत्रगञ्ज हुने कार्यक्रममा अर्घातोस, मरेङ, भगवती, ठुलापोखरा, छत्रगञ्ज, केरुङ्गा र बल्कोट चिदीका गाबिसबाट सराेकारवाला प्रतिनिधिकाे उपस्थिति रहनेछ ।  
 
२५ गते शुक्रबार बिहान ११ बजे
 
श्री ज्योति उच्चमावी ठाडाहुने कार्यक्रममा सिमलपानी, सीतापुर, ठाडा, सुवर्णखाल, जलुके, जुकेना गाबिसबाट सराेकारवाला प्रतिनिधिकाे उपस्थिति रहनेछ । 

अन्य समाचारहरु