भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक पाकिस्तान पुगेका छन्। रुसको भ्रमण गरी भारत फर्कने क्रममा मोदी पाकिस्तानको लाहोर पुगेका हुन्। बिहान उनी अफगानिस्तानको काबुल पुगेका थिए। पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ मोदीलाई स्वागत गर्न लाहोर विमानस्थल पुगेका थिए। आजै सरिफको जन्मदिन परेकाले कतिपय भारतीय मिडियाले मोदी सरिफलाई जन्मदिनको शुभकामना दिन पाकिस्तान पुगेको उल्लेख गरेका छन्।
तर मोदी अचानक किन पाकिस्तान पुग्नुको कारण खुलाइएको छैन। कस्मिरको विषयमा तिक्ततापूर्ण सम्बन्ध रहेको पाकिस्तानमा सन् २००४ पछि भारतीय प्रधानमन्त्रीको भ्रमण भएको छैन। केही दिन भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पाकिस्तानको भ्रमण गरेकी थिइन। सेतोपाटी / एजेन्सी