प्रगतिशिल सहकारी संस्थाको साधारण सभा सन्धिखर्कमा सम्पन्न

बिनोद गैरे  
सन्धिखर्क, अर्घाखाँची । प्रगतिशिल कृषि सहरकारी संस्था लिमिटेड किमडाडाको दशौँ साधारण सभा शनिवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
 साधारण सभाले पुन आत्मराम भुसालको अध्यक्षतामा ११ सदस्सिय नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा तुल्सी भुुसाल, सचिवमा जोगलाल राना, कोषध्यक्षमा कृष्ण प्रसाद मरासिनीचयन हुनु भएको छ । साधारण सभाले लालमणि श्रेष्ठलाई ब्याबस्थापकमा र चन्द्र प्रसाद बञ्जाडेलाई लेखा समिति संयोजकमा चयन गरेको छ । 
अगुवा कृर्षक धर्मराज बञ्जाडेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा संगम तरकारी तथा फलफूल उत्पादन समुहका अध्यक्ष बिष्णुभक्त राना, लेखा सुपरिबेक्षक गोकर्णराज बञ्जाडे, पत्रकार अर्जुन भुसाल लगायतले बोल्नु भएको थियो । 
कार्यक्रम सहकारीका अध्यक्ष आत्मराम भुसालको अध्यक्षता, कोषध्यक्ष कृष्णप्रसाद मरासिनीको स्वागत मन्तब्य र महासचिव जोगलाल राणाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु