ताइवानमा विपक्षी दलकी नेतृ साइ राष्ट्रपतिमा निर्वाचित, मुलुकको पहिलो महिला राष्ट्रपति

ताइवानमा विपक्षी दलकी नेतृ साइ इङ वेन राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
डेमोक्रेटिक प्रोगेसिभ पार्टी (डीपीपी)की नेतृ ५९ वर्षीया साइ मुलुकको पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।
डीपीपीले चुनावी अभियानमा चीनबाट स्वतन्त्र हुने नारा लगाएको थियो । तर, साइले भने आफ्नो अडान प्रस्ट गरेकी छैनन् । 
चीन र ताइवानका नेताहरुबीचको ऐतिहासिक वार्ताको एक महिनापछि ताइवानमा निर्वाचन भएको हो ।
चीनले ताइवानलाई आफूबाट अलग भएको प्रान्त मान्दै आएको छ भने आवश्यक परे शक्ति प्रयोग गरेर फिर्ता ल्याउने धम्की दिएको छ । (एजेन्सी) –