एक सय ३० वर्ष लामो इतिहाँस बनाएको बेलायतको दैनिक ‘द इन्डिपेन्डेन्ट’ ले आफ्नो प्रकाशन बन्द

एक सय ३० वर्ष लामो इतिहाँस बनाएको बेलायतको अग्रणी दैनिक ‘द इन्डिपेन्डेन्ट’ ले आफ्नो प्रकाशन बन्द गर्ने घोषणा गरेको छ ।
छापा पत्रिकाका पाठक घट्दै गएको भन्दै सो दैनिकले अब अनलाईन संस्करण मात्र सञ्चालन गर्ने जनाएको छ । शुक्रबार छापा संस्करण बन्द गर्ने घोषणा गर्दै अर्को महिनादेखि केबल डिजिटल संस्करण मात्र सञ्चालन हुने जनाएको हो ।
इएसआई मिडियाले सञ्चालन गर्दै आएको ‘द इन्डिपेन्डेन्ट’ र ‘इन्डिपेन्डेन्ट अन सन्डे’ अखवारका संम्पादकीय कर्मचारी कटौती गरिने भएको छ ।
इएसआई मिडियाले आफ्नो जाँंस्टन प्रेस बेच्ने पनि जनाएको छ । कम्पनीका रुसी मूलका बेलायती नागरिक एवजेनी लेबेदेवले इन्डिपेन्डेन्टको ब्राण्ड बचाउन यो फैसला गर्नु परेको बताए ।
‘इन्डिपेन्डेन्ट’  को अन्तिम प्रकाशन मार्च २६ मा हुने तथा