वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्वसम्वत चयन भएको छ । पदाधिकारी, सदस्य र महासमिति सदस्यको चयन गर्न गठित ५ सदस्यीय कार्यदलको बैठकले सबै पदमा पुर्णता दिएको छ । माघ २५ गते नै सर्वसम्वत सभापति हुनुभएका विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्वसभापति कमलप्रसाद भुसाल, पुर्वसचिव वासुदेव आचार्य, क्षेत्र नं. १ का क्षेत्री सभापति केशवराज कुवर र क्षे नम्बर २ का क्षेत्रीय सभापति अच्युत गौतमको कार्यदलको बैठकले जिल्ला सचिवमा छविलाल पौडेल (जुकेना) र कोषाध्यक्षमा कृष्णबहादुर ज्ञवालीलाई (चिदिका) चयन गरिएको क्षेत्रीय सभापति केशवराज कुवरले बताउनुभयो ।
त्यस्तै खुला सदस्यमा क्षेत्र नम्बर १ बाट दिनामणि पाण्डे (केरुंगा) विष्णुप्रसाद भुसाल ((बल्कोट) , ताराप्रसाद श्रेष्ठ (अर्घातोष) बैकुण्ठ थापा (ढाकावाङ) र माधवप्रसाद भुसाल (अर्घा) छन । महिला सदस्यमा किमकला भुसाल (छत्रगञ्ज) र सिता भुसाल (सन्धिखर्क) छन । दलितबाट मनिराम परियार (डिभर्ना), जनजातीबाट रामबहादुर राना (ठुलापोखरा) र मुस्लिमबाट रहमत ओली (चिदिका) जिल्ला सदस्यमा चयन भएका छन । क्षेत्र नम्बर २ बाट खुलातर्फको सदस्यमा रामप्रसाद घिमिरे (मैदान), नेत्रप्रसाद भटराई (सन्धिखर्क) , कुमार केशव सिंह (ठाडा) , माधवप्रसाद पौडेल (सिद्धारा), र लेखनाथ पाण्डे (धनचौर) छन । महिलातर्फबाट चन्द्रा गैरे (नुवाकोट)) र संगीता बेल्वासे (असुरकोट) छन । जनजातीबाट जुनबहादुर पुलामी (जलुके), दलितबाट ज्ञानबहादुर विक (ढिकुरा) र मुस्लिमबाट ईन्सु मिया (पाली) चयन भएका छन । यसैगरी सभापति विष्णु मुस्कानले आजै प्रेमनारायण बेल्वासे (खिल्जी), विष्णु क्षेत्री (वागी) र हेमन्त बेल्वासेलाई (सुवर्णखाल) जिल्ला सदस्यमा मनोनित गर्नु भएको छ । निवर्तमान जिल्ला सभापति कमलप्रसाद भुसाललाई (सन्धिखर्क) पहिलो चरणमै मुस्कानले जिल्ला सदस्यमा मनोनित गरिसक्नुभएको छ ।
कार्यदलको बैठकले महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट रेवती प्रसाद भुसाल (अर्घा), डाक्टर रामबहादुर विसी (डिभर्ना), देवराज श्रेष्ठ (भगवती) र केशव श्रेष्ठ (मरेङ)लाई छनोट गरेको छ । क्षेत्र नम्बर २ बाट कमलप्रसाद भुसाल, वासुदेव आचार्य (खाचीकोट), यादवप्रसाद घिमिरे (मैदान)र सुर्यप्रसाद अधिकारीलाई (ठाडा) चयन गरेको छ । महिलातर्फबाट क्षेत्र नम्बर १ बाट मीरा पाण्डे (ठुलापोखरा) र क्षेत्र नम्बर २ बाट शान्ता भण्डारीलाई (सन्धिखर्क) चयन गरिएको काग्रेस अर्घाखाँचीले जनाएको छ । निर्वाचित कार्यसमितिका सदस्य मध्येबाट एक उपसभापति, एक सचिव र एक सहसचिवमा पनि मनोनित गर्ने प्रक्रिया अगाडी बढाईएको सभापति विष्णु मुस्कानले बताउनुभएको छ । माघ २५ गते १३ औं महाधिवेशनबाट सभापतिमा मुस्कान सर्वसम्वत सभापति हुनुभएको थियो ।
पदाधिकारी, सदस्य र महासमिति सदस्य चयनमा पाटीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शुसील कोईरालाको निधनले रोकिएको थियो । सभापति मुस्कानले संगठनलाई गाउँ तहसम्म मजबुद बनाउन नयाँ ढंगले अगाडी बढने बताउनुभयो ।