इराकमा नरसंहारको अभियोगमा ४० जनालाई मृत्युदण्डको सजाय

इराकमा नरसंहारको अभियोगमा ४० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । इराकी अदालतले अमेरिकी सैनिक मूख्यालयमा भर्ना हुन गएका १७ सय सैनिकको हत्याको अभियोगमा उनीहरुलाई मृत्यदण्ड दिएको हो ।
इस्लामिक अतिवादी संगठन आइएसको गुटले सन् २०१४ मा अमेरिकी सैनिक मुख्यालय क्याम्प स्पाइकर कब्जा गरी १७ सयको हत्या गरेको थियो । सो नरसंहारको तस्वीर र दृश्य आइएसले सार्वजनिक गरेको थियो भने मारिनेका अधिकांश शिया समुदायका ब्यक्ति थिए ।
सन् २०१५ मा आईएसको कब्जामा रहेको तिकरित शहर कब्जामुक्त गरेपछि इराकी सेनाले मारिएका ब्यक्तिको सामूहिक चिहान फेला पारेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा ४७ जना पक्राउ परेका थिए भने तीमध्ये ४० जना घटनामा संलग्न रहेको पुष्टि भएको थियो ।
मृत्युदण्डको सजाय पाएकाहरु सबैजना इराकी नागरिक भएको बताइएको छ । (एजेन्सी)