ब्राजीलका पूर्व राष्ट्रपति लूलालाई भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा

 ब्राजीलका पूर्व राष्ट्रपति लुईस इनासयू लूला द सिल्भालाई भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ ।
राष्ट्रपति भएका समयमा सरकारी तेल कम्पनी पेट्रोब्रासमा अनियमितता गरेको आरोप सिल्भामाथि लगाइएको छ ।
यसअघि सिल्भाको निवासमा पनि छापा मारिएको थियो । लूलाले भने आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै आरोप सिद्ध गर्न चुनौति दिएका छन् ।
उनले आफूले कुनै गल्ती नगरेकाले कसने डर नभएको पनि बताएका छन् । लूलालाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले प्रदर्शन पनि गरेका छन् । (एजेन्सी)