सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । एमाओवादी अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्लाको २४ औं जिल्ला सम्मेलन अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ ।
सम्पन्न २४ औं जिल्ला सम्मेलनले लक्ष्मण खड्काको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्बाचित गरेको छ । जसमा उपाध्यक्ष हेमराज आचार्य, उपाध्यक्ष कल्पना खड्का, सचिव जीवन रेश्मी, सहसचिव मणिराम बस्नेत, सहसचिव सारदा पाण्डे , कोषाध्यक्ष बिशाल बि.क. रहेका छन् ।
सम्मेलनको संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र न्यौपानेद्दारा मैनबत्ती बालेर उद्घाटन गरेका थिए । ५ सम्मेलनमा ५ नम्बर प्रदेश र जिल्लाका नेताहरु लगायतको उपस्थित रहेको थियो ।