अर्घाखाँचीमा जनताको जिउ-धन र शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने नवनियुक्त डिएसपीको प्रतिबद्धता

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नवनियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जिल्लामा जनताको जिउ-धन र शान्ति सुरक्षा कायम गर्न प्रहरीको तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
प्रहरी नायब उपरीक्षक नवरत्न पौडेल जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित भेट्घाट कार्यक्रममा । तस्बिर: सुर्य भुसाल र विनोद गैरे, अर्घाखाँचीडट्कम
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा भरखरै सरुवा भएर अाएका प्रहरी प्रमुख पौडेलले अाज  सन्धिखर्कमा आयोजित पत्रकारहरुसँगको भेट्घाट कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् ।  
उनले जिल्लामा हुने जुवा तास कालो बजारी चोरि डकैती र तस्करीको पुर्ण रुपमा नियन्त्रण गरिने दावी समेत गरे । कार्यक्रममा पौडेलले पत्रकार लगायत सम्पूर्ण क्षेत्रबाट प्रहरीको अभियानमा अाफुलाई पुर्ण रुपमा सहयोग हुने अपेक्षा गरेको बताएका थिए । 
अर्घाखाँचीमा महिनौ पिच्छे निरन्तर गाडी दुर्घट्ना भईरहेका समाचारहरु आईरहेका बेला  डिएसपी पौडेलले  ट्राफिक ब्यबस्थापनलाई कडा पारिने बताउदै मापसे गरेर सवारी साधन चलाउने ब्यक्तिलाई कुनै हालतमा नछोडिने प्रतिबद्धता जनाएका छन् । 
सम्बन्धित समाचार: 
 

अन्य समाचारहरु