प्रेम आचार्य
नुवाकोट, अर्घाखाँची २८ चैत । नुवाकोट दिप ज्योती युवा परिषदको प्रथम साधारण सभाले पुन राजकुमार श्रेष्ठको अध्यक्षतामा नँया कार्य समितिको चयन गरेको छ ।
स्थापना भए देखिनै विकास निर्माण र सामाजिक विकृति बिसंगती न्युनीकरण गर्ने काम गरिरहेको परिसदले प्रथम साधारण सभा नँया कार्य समिति बनाएको हो ।
जसको प्रथम उपाध्यक्ष तारा श्रेष्ठ, द्धितीय उपाध्यक्ष नारायण श्रेष्ठ, सचिब ज्ञान प्रसाद श्रेष्ठ, सहसचिब रामचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा मधु श्रेष्ठ र सह कोषाध्यक्षमा तुल्सी श्रेष्ठ रहेका छन ।
प्रमुख सचेतक कृष्ण श्रेष्ठ, सचेतक नारायण खत्री र सदस्यहरुमा कृष्ण श्रेष्ठ, चेतनारायण श्रेष्ठ, तिलक पाण्डे, लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, कल्पना श्रेष्ठ, पदम श्रेष्ठ र लक्ष्मण पौडेल रहेका छन ।
परिसदको सल्लाहकारमा प्रेमनारायण गैरे, पुनाराम श्रेष्ठ र चिरञ्जिबी पौडेल रहेका छन ।
साधारण सभाको उद्घाटन समारोहमा नुवाकोट गाविसका गाविस सचिब चिरञ्जिबी अधिकारी, एमालेका जिल्ला उप सचिब तथा स्थानीय प्रेमनारायण गैरे, नेपाली काग्रेस गाँउ कार्य समितिका सभापति खिम प्रसाद श्रेष्ठ (अशोक), एमालेका अध्यक्ष झुपलाल खनाल, एमाओवादीका अध्यक्ष रेशम थापा,राष्ट्रिय जनमोर्चाका हुम बहादुर सिंह ठकुरी, पत्रकार महासंघका सचिब प्रेम नारायण आचार्य, नव जागरण कृषि सहकारीका अध्यक्ष चिरञ्जिबी पौडेल लगायतले मन्तब्य राख्दै सस्थाले गरेका कार्यको उच्च प्रशंसा गरेका थिए ।
उद्घाटन समारोह परिसदका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, ज्ञानु श्रेष्ठको सञ्चालन र नारायण श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा कृष्ण श्रेष्ठले बिधानको बारेमा जानकारी गराउनु भएको थियो ।