ऐतिहासिक स्थल पोखराथोकको बनबाटीका घोलीडाँडामा कांग्रेसको जनजागरण अभियान सम्पन्न

नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरण गाँउ जनजागरण अभियान  पालीमा । 

प्रेम आचार्य
पोखराथोक, अर्घाखाँची ४ बैसाख । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज २०३२ सालमा बिपि जयन्तिको अबसरमा बृक्षारोपण गरिएको ऐतिहासिक स्थल पोखराथोकको बनबाटीका घोलीडाँडामा सम्पन्न भएको छ  । 
काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बढाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको हो ।
ऐतिहासिक स्थल बनबाटीका घोलीडाडामा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने काग्रेसले लक्ष्य लिएको बताउनु भयो । जिल्लाको समग्र बिकासमा पहिलो भुमिका कांग्रेसको भएको बताउदै पाटीको संगठन बलियो बनाउन सबै काग्रेसका कार्यक्रताहरु प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले काग्रेसले कार्यक्रताको मनोभावना बुझ्न र मनोबल बृद्धि गर्नका लागि गाँउ अभियान सञ्चालन गरेको बताउनु भयो । उहाले पाटीलाई  अझ ससक्तका साथ अगाडी बढउन गाँउ गाँउमा हिडेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला सचिब छबिलाल पौडेल, क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराइ राम प्रसाद घिमिरे, माधब पौडेल बिष्णु भुसाल, कुमार केसब सिंह, संगिता बेल्बासे, स्थानीय नेताहरु ठाकुर गौतम, बिमला गौतम, बालकृष्ण पोख्रेल, डेम बहादुर नेपाली, मन बहादुर घर्ती, तिलाराम पहराई, प्रेम बहादुर घर्ती, कमला गौतम लगायतले मन्तब्य राखेका थिए ।
काग्रेस पोखराथोकका राम प्रसाद गौतमको   सभापतित्व, हेम बहादुर रास्कोटीको सञ्चालन र राम बहादुर रास्कोटीको स्वागतमा कार्यक्रम  सम्पन्न भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो । 
 नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरण गाँउ जनजागरण अभियान नरपानीको ढाडखोलामा । 

अन्य समाचारहरु