संकटमा सुधा उच्च माबि जुकेना: समस्या ताला लगाएर टर्दैन (बिचार स्तम्भ)


झबिन्द्र बेल्बासे ।
हालै अर्घाखाँची डटकम अनलाइन न्युज पोर्टलबाट प्रकासित समाचार जुन अर्घाखाँचीको जुकेना  स्थित सुधा उच्च माध्यमिक बिधालयमा तालाबन्दीको खबर आयो निकै दुख लाग्यो । भनिन्छ “शिक्षा नै उन्नतिको मुहान हो ” तर आज  मुहानलाई दुसित बनाईदै छ   भोलिका   कर्णधार कलिला  बालबालिकाको भबिश्य माथि खेलवाड गरिदै गर्दा मुकदर्शक बनेर बस्न मन लागेन र यसै मिडिया मार्फत आफ्नो केही कुरा राख्न चाहन्छु ।
नेपालको शैक्षिक इतिहाँसमा त्रिभुवन विश्वबिधालयको स्थापना सँगै जोडिएर आफ्नो स्थापनाकाल देखि अघि सर्दै हाल उच्च माध्यमिक तहमा शिक्षा शास्त्र संकाय र ब्यबस्थापन संकाय  पढाई हुँदै आएको सुधा उच्च माध्यमिक बिधालयमा हाल  हुने गरेका घटनाक्रमले शैक्षिक सुधार उन्नती  त कता हो कता झन झन अन्योलको स्थिती देखा परेको छ । यति बेला सामाजिक संजाल हरुमा बिधालयको बारेमा निकै टीकाटिप्पणी भएको देखिएको छ । कतै आर्थिक अनियमितताको कुरा छ भने कतै प्रधानाध्यापक  नियुक्तीको बिबाद स्पष्ट रुपमा राजनिती भागबण्डामा तँछाड मछाड गर्दै  आफ्नै  आङ कन्याएर छारो उडाउने काम भैरहेको छ।
आखिर बिधालय संचालक समितिको बैठकको   निर्णयले  सिफारिस गरेको ब्याक्तीलाई जिल्ला शिक्षा कार्यालय ( जिसिका) ले आविस्कार गर्नु  र जि सि काले अर्कैलाई नियुक्ती गर्नुको रहस्य के त ? अर्को कुरा निबर्तमान प्रधानाध्यापकले आफू सेबा निबृत हुनुभन्दा अगाडि  बुझबुझारत तथा लेखा परिक्षणनै नगराई आफ्नो जबाफदेहिता नदेखाउनुले पनि गैर जिम्मेवारीपन सहजै देख्न सकिन्छ ।
यतिबेला नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ उमंग र जोस सगै आफ्नो रिजल्ट पर्खिरहेका सयौं बिद्यार्थीहरुमा आफ्नो परीक्षाफलको टुंगो छैन । बिधालयको प्रशासनमा ताला झुन्डिएको छ । प्रधानाध्यापकको अन्योलले गर्दा  शिक्षकले तलब नपाएको  आधा बर्ष भैसक्यो , अभिभाबक हरुका गुनासै गुनासा छ्न ।राजनीति दलहरुलाई आफ्नो संगठन सुधार भन्दै गाउँ – गाउँ माला लगाँउदै हिड्दा फुर्सद छैन  कसैले आफ्नो बच्चा बोर्डिङमा भर्ना गरेर मख्ख परेका छ्न  आखिर बिधालयको हालत खराब पारिएको छ । ध्यान आपसी खिचातानिमै छ ।
   कसैले भन्ला तँलाई के मतलब  टाढा बाट चिच्याएर हुन्छ र ।   तर भन्न मन लाग्छ बिदेशको मरुभूमिमा पसिना बगाउदै  आफ्नो बिधालयमा आधुनिक शिक्षा हुनुपर्छ  भनेर कम्प्युटर किन्न सहयोग गर्नेको मन कस्तो हुन्छ होला  । हो समस्या जता पनि हुन्छन  एउटा समस्या भयो भन्दैमा सम्पूर्ण  पक्षलाई  डामाडोल पार्न खोज्नु राम्रो कुरा होइन ।
हुनत  ताला लगाउनु यो पहिलो घटना होइन तर ६ महिना सम्म  समस्यालाई लम्याउनुले समस्याको जड अरु पनि हुन सक्छ ।अब के ताला बन्द नै रहन्छ अनि समस्या टर्छ ? पक्कै पनि आफ्नो समस्या आफै गर्नुको बिकल्प छैन । बिधालय ब्यवस्थापन समिति , अभिभाबक ,शिक्षक  अब सबै मिलेर ताला खोलियोस ।  बिद्यार्थी हरुको भबिश्यमाथि  खेलवाड नगरियोस  । शिक्षामा राजनीति बन्द गरियोस । जिल्ला शिक्षा कार्यलय, स्कुल प्रसासन, राजनीतिक दल  बुद्दिजिबी  लगाएत सरोकार पक्ष सबैको ध्यानाकर्षण गर्न चाहन्छु।
सम्बन्धित समाचार:- 

अन्य समाचारहरु