धातिवाङ्गमा आगलागी पिडित टुहुरा बालबालिकालाई अर्घाखाँची सेबा समाज कतारद्वारा आर्थिक सहयोग

धातिवाङ्ग, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको धातिवाङ्गमा आगो निभाउने क्रममा ज्यान गुमाएकी मखमली बिकका तीन छोरा-छोरीलाई अर्घाखाँची सेबा समाज कतारले आर्थिक सहयोग गरेको छ । 
 मघमली बिकका २ छोरी र १ छोराको पढाईमा सहयोग पुगोस भन्दै बिदेशी भुमिमा स्थापित संस्था अर्घाखाँची सेबा समाज कतारले पठाएको   उनाईस हजार रुपैया (रु. १९,०००/- )  रकम एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।  
धातिवाङ्ग गाविस वार्ड नम्वर- ९ कि ३२ बर्षकी मखमली बिकले बैशाख १४ गते आगो निभाउने क्रममा ज्यान गुमाउन परेको थियो । 
मखमली विकका तिनजना छोराछोरीहरुको आर्थिक अवस्था निकै दयनिय रहेको छ । 

अन्य समाचारहरु