सरकारवाट घोषित वजेटका विच टिकाटिप्पणी र विपक्षी विरोधको औचित्य

डिआरजी सुमन
” आधारहीन हाँवादारी फ़ेसबुक स्टाटर्स र नकरात्मक प्रतिक्रियाले देश र जनतालाई त हीत गर्दैन” नै आफ्नैलागी समेत फाईदा नगर्ने हुदा हरेक स्थानमा संयम,सजग लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मातहतमा रही उच्च स्तरीय पदीय हैसियतदार व्याक्तित्वको सम्मान गर्दै आफ्नो मत राख्नु उचित देखीन्छ । 
वर्तमान सरकारवाट ल्याईएको वजेटले मुलुकभर नै सकारात्मक तथा नकरात्मक रुपमा प्रतक्ष्य प्रभाव परेको छ । सरकारको काम कार्वाही प्रभावकारी नभएको भन्दै सत्ता साझेदारदलमै आपसी अन्तर्विरोध भई सरकार परिवर्तनको चलखेल चलिरहेको तत् समयमा घोषित यो वजेटले विपक्षीलाई दह्रो झापड हानेको छ । वर्तमान प्रधानमंत्री खडक प्रसाद ओली आफु सरकारमा पुगेपछी पटक पटक आउने अनेकानेक आरोह अवारोह विच पनी आफ्नो उद्देश्य प्रती प्रया:सफलतामै उभिन सक्नु राष्ट्रीयताको सवालमा हितकारी नै छ ।
संसदीय व्यावस्थामा सड़क र सदनमा विपक्षको मुल टार्गेट भनेको सरकारपक्षको जस्तो सुकै किन नहोस हरेक निती तथा कार्यक्रमलाई असफल वनाउने गरी गुरुयोजना तय हुनुलाई नै लोकतान्त्रिक पद्धति मानिदै आएको छ । यसै कारण पनी विपक्षको भूमिका यो समयमा सड़क र सदनमा टंकारो आईरहनु कुनै नौलोपन भने पटक्कै हैन । यथार्थतामा भन्दैगर्दा यस पटकको वजेट वृद्ध र गरीवको घरमा प्रतक्ष्य फ़ाईदा गर्नेगरी घोषणा हुनु गौरवको विषय नै हो । राष्ट्रीय स्तरका ठुला तथा मझौला आयोजनालाई विशेष महत्वका साथ घोषित यो वजेटले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध थप प्रगाढ़ वनाउने दह्रिलो आधारको रुपमा समेत प्रस्तुत गरेको छ । “कौवाले कान लयो भन्दैमा कान नछामी कौवाको पछाडी दौडाने वाँनी परेका नेपाली जनताको तर्फवाट आउने प्रतिक्रियाले आ-आफ्नो स्थानमा राम्रो फाईदा गरेता पनी समग्र राष्ट्रीयताको पक्षमा भने औचित्यहीन नै छ ।”
मुलुक एकातीर संक्रमणकालिन परिस्थितिमा गुज्रीरहेको छ भने अर्कों तर्फ वैदेशीक हस्तक्षेप जारी रहेको समयमा सत्तामा वसेर भत्ता पचाउनेहरुले समयमै राष्ट्रीयताको सवालमा गंभीरताको साथ जुटने मनोसायपुर्ण योजना वनाउन नसकेको खण्डमा मुलुक थप जटीलता तर्फ उन्मुख हुने ख़तरा पर्वल छ । मुख्य विपक्षी दलको तर्फवाट संसदमा उठाईएका कयौ माँग जायज़ पनी होलान यस विषयमा छलफल नगरी ओली सरकार आफ्नैमात्र अडानमा रहनु पक्कै पनी सकारात्मक हुन सक्दैन तर विपक्ष दलले पनी आफ्नै अडानमा रहदै आपसी समझदारी नगरी सरकारद्धारा ल्याईएका वजेटका निती तथा कार्यक्रमलाई पुर्ण असहयोग गर्नुले उक्त पक्षको समेत नौटंकी सावित गर्ने छ ।
नेपाल सरकारद्धारा ल्याईएको यो वजेट राष्ट्र र राष्ट्रीयताको पक्षमा जायज़ होला वाँ नहोला यो विषयमा धेरै नै विज्ञ देखिएका छन । यसलाई ईगो वनाएर संसद अवरूद्ध गर्नु भनेको विपक्ष जनताको सामु हाँवी हुने नौटंकी मात्र हो किनकी अहिलेको विपक्षी दल पनी सरकारमा वसेकै हो यसको औचित्य पनी नेपाली जनताले पहिले नै देखी सकेको छ । खड़क ओली सरकारको चीन तथा भारत सहित वैदेशीक निती समेत सफल रहेको हुदा विपक्षको मनोवलमा ह्रास आउनु स्वभाविक नै भएता पनी आम नेपाली जनता राष्ट्र र राष्ट्रीयताको पक्षमा उभिन सिक्नुपर्ने समय आएको छ ।
अन्त्यमा क़ानूनी राज्यको विधी र अनुशासनमा रहदै राष्ट्र र समाज विकासको लागी सर्वप्रथम हरेक नेपाली नागरिक आफु सकारात्मक धारणाका साथ परिचालित हुदै जसले पनी गरेको सकारात्मक कार्यको सम्मान गर्दै नकरात्मक कार्यको रचनात्मक विरोध गर्नु नै नेपालको सामूहिक हितमा हुने निश्चित छ अन्यथा यी फुक्ला र उत्ताउला राजनीतिक भाषणवाजी,देशद्रोह गुण्डागर्दी र निर्थक विरोधको कुनै औचित्य छैन ।
(लेखक : अन्याय र असमानता विरुद्ध समाज र राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।)