रामु खनालबाट
केरुङ्गा अर्घाखाँची । श्री शारदा मा.बि. केरुङ्गा, अमराईमा अध्ययन गरि हाल स्वदेश वा विदेश जहाँ रहेता पनि सबैको संयुक्त प्रयासमा श्री शारदा मा. बि. केरुङ्गा अमराईमा सरस्वतीको मन्दिर निर्माण गर्न लागिएको छ ।
उक्त कार्यको लागि काठमाडौंमा केन्द्रिय रुपमा रहने गरि श्री शारदा मा. बि. पूर्ब बिद्यार्थी समाज सरस्वती मन्दिर निर्माण मूल समिति गठन गरिएको छ | उक्त समितिले काठमाडौंमा रहि सबै संग समन्यवकारी भूमिका निर्बाह गरि सहयोग संकलन गर्ने छ । उक्त मूल समितिमा रामु खनाल अध्यक्ष , राजेन्द्र पाण्डे उपाध्यक्ष , सुशील खनाल सचिब , भोजराज भुसाल सहसचिब , लेखनाथ भुसाल कोषाध्यक्ष र सदस्यहरुमा कृष्ण प्रसाद उपाध्याय (भुसाल), थानिश्वोर खनाल , खेमराज खनाल , मेघराज खनाल , भुवन भुसाल , मोहन खनाल , कविता भुसाल रहनु भएको छ ।
साथै UAE प्रमुखमा खिमानन्द पाण्डे “तपन” , बुटवल प्रमुखमा महेश खनाल , पन्जाब प्रमुखमा लक्ष्मण खनाल रहनु भएको छ | साथै विश्वका अन्य मुलकमा पनि मुलक प्रमुख नियुक्ति गरि सहयोग कार्य अगाडि बढाइएको छ | उक्त कार्यको कुशलतापूर्वक सम्पादन गर्नको लागि स्थानीय स्तरमा बिद्याल ब्यबस्थापन समिति, सहयोग दाता , बिद्यालय परिवार एवं स्थानीय बुद्धिजीवी सहितको निर्माण समिति समेत गठन गरिएको छ | उक्त समितिमा तिलकराम पराजुली अध्यक्ष, चन्द्र प्रसाद पराजुली उपाध्यक्ष, लालमणि पाण्डे सदस्य सचिब, घनश्याम भुसाल कोषाध्यक्ष र सदस्यहरुमा केशौ भुसाल , टिका प्रसाद बन्जाडे , शोभाखर खनाल , पर्वता खनाल , इश्वरी परियार रहनु भएको छ ।
उक्त कार्यको लागि बिभिन्न मुलुकक बाट हाल सम्म गरि रु. २ लाख ५१ हजार नगद तथा मुर्ति र गजुरको सौजन्य प्राप्त भएको सरस्वती मन्दिर निर्माण मूल समितिका अध्यक्ष रामु खनालले बताउनु भयो । उक्त कार्य श्री शारदा मा.बि. केरुङ्गा, अमराईका सम्पूर्ण पूर्ब बिद्यार्थीहरुको साझा प्रयास र सहकार्य बाट निर्माण गर्न लागिएकोले सहयोग गर्न चाहनुहुने महानुभावहरुले श्री शारदा मा.बि. मा सिधै सम्पर्क गरि वा यस निर्माण समितिका सदस्यहरु वा बिभिन्न मुलुक प्रमुखहरु संग सम्पर्क गरि सहयोग गर्न सकिने समितिका अध्यक्ष रामु खनालले बताउनु भयो ।
हाल सम्म सहयोग गर्ने दाताहरु र सहयोगको विवरण यस प्रकार छ ।