टाढिएछ (गज़ल)

-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
साँचो प्रेम गर्ने,सहर टाढिएछ
लाग्यो जिन्दगीकै,रहर टाढिएछ
निन्द्रा छैन राती,विरह झाङ्गिनाले
हाँसो वा खुसीको,पहर टाढिएछ
पोल्दा भित्रभित्रै,सहन हुन्छ गाह्रो
डाहा शान्त पार्ने,नहर टाढिएछ
खायो व्यग्रताले,मन छ खिन्नतामा
बाँच्ने पूर्णताले,ठहर टाढिएछ
सम्झी देश मात्रै,हृदय हुन्छ टुक्रा
आफ्नो चाहनाको,लहर टाढिएछ
थाक्यो देह ऐले,अधिक वेदनाले 
कैले भन्नु होला ? ‘कहर टाढिएछ’
छन्द