अर्घाखाँचीको भबिस्य जोडिएको नर्तनान्चल पर्वत जोखिममा

गोपाल प्रसाद भट्टराई
नरपानी,अर्घाखाँची । देशको पहिचान र अर्घाखाँचीको भबिस्य जोडिएको नर्तनान्चल पर्वत जोगाउन सबै एक जुट हुनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
बिगत पाँच बर्षदेखि बन्द रहदै आएको नरपानी चुन-ढुङ्गा उत्खनन फेरि सुरु गर्ने दुष्प्र्यास भइरहेको भन्दै चुन-ढुङ्गा उत्खनन रोक्का संघर्ष समिति अर्घाखाँचीले नरपानीमा आयोजना गरेको बिरोध तथा खबरदारी सभामा बोल्ने वक्ताहरूले यस्तो कुरा बताएका हुन् ।
पृतम के.सी.को सन्चालनमा सम्पन्न भएको सभामा राष्ट्रिय जनमोर्चाका राप्ती-लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी. र संघर्ष समितिका अध्यक्ष पिताम्बर खाशुले मन्तव्य राख्दै चुन-ढुङ्गा उत्खननले जिल्लामै खानेपानीको अभाव देखिन थालेको र जिल्लाको भबिस्य जोखिममा रहेको भन्दै उत्खनन रोक्नुको विकल्प नभएको बताउनुभएको थियोे ।
यसैबीच बन्द रहेको उत्खनन फेरि सुरु गर्ने चलखेल देखिन थालेपछि चुन-ढुङ्गा उत्खनन रोक्न आबस्यक छलफल गर्न आजै चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समिती अर्घाखाँचीको बैठक समेत बसेको समितिका अध्यक्ष पिताम्बर खासुले जानकारी दिनुभएको छ । 
संघर्ष समितिको बैठक पछि इलाका प्रहरी कार्यालय नरपानीलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले जनाएको छ ।
कम्पनीले उत्खनन सुरु गर्दा स्थानीय सङ्ग भएका सम्झौता अनुसारका शर्त कम्पनीले पूरा नगरेपछि उत्खनन बन्द गरिएको भएपनी यतिबेला नरपानीको चुनढुङ्गा उत्खननले पानीका मुहान सुक्दै जानु,खेती उत्पादनमा कमि आउनुको साथै पर्यावरणमा समेत प्रत्यक्ष असर देखिन थालेपछि स्थानीयले बिना शर्त चुनढुङ्गा उत्खनन सदाका लागी बन्द गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् ।
स्थानीयले गर्दै आएको आन्दोलनलाई अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा,ने.क.पा. माओवादी ,नेपाली काङ्ग्रेस,ने.क.पा.(एमाले) लगायतका राजनीतिक दलहरुले समेत साथ दिँदै आएका छन् ।
राजनैतिक दल ,अर्घाखाँची जिल्ला बासी सङ्गै गुल्मी,पाल्पा र दाङ लगायतका जिल्लाहरुबाट समेत आन्दोलनलाई समर्थन मिल्न थालेपछि चुन-ढुङ्गा उत्खनन राष्ट्रले नै रोक्नु पर्ने संघर्ष समितिले बताएको छ ।

अन्य समाचारहरु