अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार घोषित डोनाल्ड ट्रम्पको आलोचना बढ्दो छ । उनका अभिव्यक्तिहरुको विरोधमा व्यापक प्रदर्शन हुन थालेका छन् ।
अमेरिकाका विभिन्न सहयोगी मुलुकको आलोचना, देशभित्रै मुस्लिम तथा काला वर्णका नागरिकमाथि विभेद जस्ता विषय नै उनको चुनाव प्रचार अभियानको हिस्सा बन्ने गरेको छ ।
ट्रम्पको विरोधमा हालै नयाँ शैली देखिएको छ । अमेरिकाका विभिन्न सहरमा उनको नग्न मूर्ति राखेर विरोध प्रदर्शन गरिएको छ ।
कलाकारहरुको एक समूहले यस्ता मुर्ति बनाएर विभिन्न सहरका चोकमा राखेको हो । ती मुर्तिले बटुवाको ध्यान राम्रैसँग आकर्षित गरिरहेको थियो । अचानक प्रशासनले अवैध रुपमा मुर्ति राखिएको भन्दै ती सबै मुर्ति जफत गरेको छ ।
ट्रम्पको कार्यालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)