सुन्दर पन्थी
कोरिया । अर्घाखाँची जिल्लाबासीको साझा चौतारी अर्घाखाँची सम्पर्क मन्चको स्थापना कालदेखि कोरियाको महान चाड छुसकमा भेटघाट ,चियापान तथा बृहत भेला सम्पन्न गर्दै आएको छ । मन्चले नब आगन्तुकलाई स्वागत साथै परिचय कार्यक्रम सहित बृहत भेटघाट कार्यक्रम गर्दै गरेको हो ।
उक्त कार्यक्रम संचालन कार्यसमिति सचिब झबिन्द्र बेल्बासेले संचालन गर्नु भएको थियो । जसमा अधिकांस बोल्ने बक्ताहरुले संथालाई कसरी राम्रो गराउन सकिन्छब भन्ने बारेमा बताएका थिए । साथै समितिका भू.पु. अध्यक्ष खेम राज आचार्यले काम गर्दा गल्ति कमजोरी हुन्छन त्यसलाई सच्चाउदै अगाडी जानु बताए । सल्लाहकार मित्रहरु डेविट बस्याल र् बल बहादुर मल्ल ले हामीले कोरियामा कमायको पैसा कसरि लगानी गर्न सकिन्छर हाम्रो सस्था लाई कसरि अनुसाशित गराउन सकिन्छा बन्ने बारेमा बोल्नु भयो र हाम्रो सस्था मा सस्थापक सदस्यहरुले पनि आआफ्नो मन्तब्य राख्नु भएको थियो उक्त सस्था महिला सहभागी पनि हुनु थियो ।
सस्थापक सदस्य बबिता दर्लामी साथै बिस्नु बन्जाडे पनि उपस्थितिहुनु भयको थियो र संथाका उपाध्यक्ष बैरागी माइला हाम्रो संथालाई कसरि system मा आगाडी लैजाऊ भन्ने बारेका आफ्नो मन्तब्य राख्नु भयको थियो भने हाम्रो संथाका खेल संयोजक तथा उपाध्यक्ष बाबुराम आचार्यले आज सम्म संथालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने साथीलाई धन्यवाद दिनु भयो र अन्तमा समितिका अध्यक्षबाट सबै बाट उठेका प्रश्न प्रति उत्तर साथै उचित समाधान गर्दै उक्त भेला बिसर्जन गर्नु भएको थियो ।
उक्त भेलाले समंग्र जिल्लाको के विकास गर्न सकिन्छ बन्ने बारेमा केन्दित भयको थियो र मन्तब्य राखने कर्ममा हाम्रा सम्बाद दाता सुन्दर पन्थीले पनि हामीले र हाम्रो सस्थाले आज सम्म गरेका सकारात्मक कामको आभिलेक राख्दै आगामी दिनमा पनिसस्थाले राम्रो काम गर्दै जाने कुरामा विश्वास ब्यक्त गर्नु भयो ।