घनश्याम पौडेल ‘परिश्रमी’
सन्धिखर्क, अर्घाखाँची, ०२ असौज । हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सन्धिखर्क शान्ती वगैचामा सम्पन्न भएको छ ।
बैठकले प्रचार प्रचारलाई तिव्रता दिने, दशै विशेष शुभकामना आदान प्रदान तथा पर्चा पम्पेलट वितरण गर्ने निर्णय गरेको संस्थाका कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।
सनातन धर्मको रक्षा गरौ आयातित धर्म वहिष्कार गरौ भन्ने मुख्य नाराका साथ यस अभियानले नेपालका करिव ६० जिल्लामा अभियान सुरु गरेको महासचिव अनमोल राक्से मगरले जानकारी दिनुभएको छ ।
बैठक संस्थाका जिल्ला संयोजक सन्तोष शाहीको अध्यक्षता, सचिव विष्णु ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।