सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची असोज-२ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को २३ औँ जिल्ला सम्मेलनबाट गोपाल प्रसाद भट्टराई अध्यक्षमा चयन हुनु भएको छ ।
सन्धिखर्कमा संपन्न सम्मेलनले र्निविरोध रुपमा भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । जिल्ला समितिको उपाध्यक्षमा विष्णु केसी ,सचिवमा अनिल खनाल ,सह-सचिवमा सन्देश खनाल र कोषाध्यक्षमा पुर्ण बहादुर नेपाली चयन भएका छन् । भेलाले १५ पुर्ण र ६ बैकल्पीक गरी २१ सदस्यीय जिल्ला समितिको गठन गरेको छ ।
यस्तै भेलाले जितेन्द्र खत्री,तिलक बन्जाडे,पवित्रा आचार्य ,शिवलाल बेलवासे लगायत सात सदस्यीय सल्लाहाकार समितिको गठन गरेको छ । नवनिर्वाचित जिल्ला समितिलाई राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी , अखिल छैठौका केन्द्रिय सदस्य कुलराज खनाल र प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे लगायतले बद्याई तथा सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
यस अघि हिजो अधिवेशनको अखिल छैटौँका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै घिमिरेले जनबादी शिक्षा प्राप्तीको लागि बिद्यार्थी एकजुुट हुुनुुको बिकल्प नभएको बताउँदै देशमा आमुुल परिवर्तन भई सक्दा पनि बिद्यार्थीहरुका समस्या जस्ताको तस्तै रहेको बताउँनुुभयो । उहाँले संबिधान कार्यान्वयनको पक्षमा बोल्दै संघियताको भने खारेजीको माग गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापा, राजमो राप्ती लुुम्बिनी क्षेत्रिय उपाध्यक्ष शेरबहादुुर बिसी, नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी, अखिल नेपाल किसान संघ राप्ती लुम्बिनी अञ्चल समन्वय समिति सदस्य भिमलाल आचार्य, अनेमसंघ केन्द्रिय सदस्य कल्पना पोख्रेल, अनेरास्वबियुु जिल्ला अध्यक्ष प्रदीप नेपाली, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लक्ष्मण खड्का, अखिल छैठौँ केन्द्रिय सदस्य कुुलराज खनाल लगायतले शुभकामना मन्तब्य राख्दै देशमा बैज्ञानिक शिक्षा नहुँदा शिक्षा आर्जन गरेपनि बेरोजगार बस्नुुपर्ने अवस्था रहेको बताउँनुुभएको थियो ।
कार्यक्रम अखिल छैटौँका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता, जितेन्द्र खत्रीको स्वागत तथा सचिव शिवलाल बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।