दशैमा अर्घाखाँची आउनेका लागि काठमाडौं लगायत देशभर टिकट बुकिङ जारी, यात्रुहरूलाई अलपत्र नपरिने ! टिकट सकिएको भन्ने हल्ला निराधार रहेको पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्षको भनाई

दधि खरेल पश्चिम नेपालका अध्यक्ष । 

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधि खरेलले हिन्दु नेपालीहरुको महान पर्ब बिजया दशमीको अबसरमा अाफ्नो कार्य क्षेत्रमा पर्ने सबै ठाउँबाट यात्रुलाई सहज र सबल ढगले गन्तव्यमा पुराउनका लागि सबै ब्यस्था मिलाईएको बताउनु भएको छ ।  
उहाले काठमाडौका सबै टिकट काउन्टरहरुबाट टिकट सकिएको भन्ने हल्ला निराधार रहेको बताउदै सबै यात्रुहरूको मागलाई मध्यनजर गर्दै भोलि देखिनै थप गाडि ब्यबस्था मिलाईएको दाबी गर्नु भयो । खरेलले काउन्टरबाट टिकट नपाएको गुनासो अाफु समक्षय नअाएको बताउदै जनताहरुलाई सहज र सुबिधा युक्त यात्राको लागि  अाफ्ना सबै कर्मचारीलाई अाजै निर्देशन दिएको बतानु भयो । खरेलले अर्घाखाँची गुल्मि प्युठान कपिलवस्तु नेपालगन्ज पाल्पा लगायतका देशका धेरै ठाउँमा अाफुहरुले सुबिधा युक्त सेबा दिएको बताउदै सबै ठाउँहरुमा यात्रुहरूको माग बमोजिम ठुला गाडिहरु थप ब्यबस्था गरिएको र नियमित चल्ने गाडिहरु यथाबत रहेको बताउदै कहिकतै त्यस्तो समस्या भएको खन्डमा पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधिकारी तथा काउन्टरका कर्मचारीहरुलाई सम्पर्क गर्न यात्रुहरुलाई अाग्रह गर्नु भयो । बिगतका बर्षमा जस्तो यो बर्ष छतमा हाल्ने ब्यबस्था सरकारले हटाए पछि यस बर्ष यात्रुको चाप बढेको हो ।  
काठमाडौका टिकट काउण्टर लगायत देशका सबै ठाउँमा रहेका काउन्टरहरुबाट अहिले पनि टिकट बुकिङ भएको खरेलले दाबी गर्नु भयो ।  
पश्चिम नेपाल बस व्यसायी समिति नेपालको पुरानो र भर्पर्दो यातायात व्यासायी समिति हो । अर्घाखाँचीबाट काठमाडौं नियमित रुपमा पश्चिम नेपाल बस व्यवसासी  समितिका बिहान बेलुका गरि तिन वटा बस सेबा सन्चालन हुदै अाएका छन । अहिले चाडबाडको बेला यात्रुहरूको माग अनुसार नयाँ थप बसको ब्यबस्था मिलाईएको अध्यक्ष खरेलले अर्घाखाँचीडटकमलाई बताउनु भयो । उता देउराली यातायात व्यासायी समितिले पनि यात्रुहरुलाई सहज र सुलब धगले काठमाडौबाट अर्घाखाँचीका लागि हाईस गाडि थपिएको बताएको छ ।  
देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले अाफुहरुले दैनिक काठमाडौका लागि दुईवटा हाईस गाडि सन्चालनमा भएको भए पनि अहिले थप एउटा हाईस थप गरिएको दाबी गर्नु भयो । उहाले यात्रुहरूको माग अनुसार गाडि थप गर्ने बताउदै काठमाडौंको काउनटरबाट अहिले सम्म टिकट बुकिङ भएको दाबी गर्दै अाफुहरु समक्ष टिकट नपाएको गुनासो नअाएको दाबी गर्नु भयो ।  
उता अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यात्रुहरुको माग अनुसार गाडिहरुको ब्यबस्था मिलाउन अाफुले सम्बन्धि पक्षलाई अनुरोध गरेको बताउनु भयो । उता यात्रुहरुले भने अाफुहरुले टिकट नपाएको गुनासो गरेका छन । पश्चिम नेपालका थप गाडिहरु बुधबारदेखि चलाउने तैयारी भएको पश्चिम नेपालका अध्यक्ष दधि खरेलको भनाइ छ ।  
 यस अघि अर्घाखाँचीडट्कमलाई विभिन्न गुनासो आएका थिए । सो मध्ये सालीक राम पौडेलले यस्तो लेखेका छन्: 
The Situation i face yesterday at New Bus Park, Please let people know about it.

Information for the people who are going to Book the BUS ticket .

Dear All  viewers, and People who are traveling out of Kathmandu in this Danshin. Yesterday (Saturday 24th September 2016) i was at New Bus park for booking the advance ticket to got to Arghakhanchi for Danshin Feasible, after waiting for 2 hours in Que, manage to have conversation with the ticket booking representative, i got shake, when they told me there is no ticket available from (16th Ashoj to 23rd Ashoj ) for Both to Arghakhanchi and Gulmi, Even the extra buss is not introduce yet 
Dear Friends My point is…., can you image the advance booking was open on last Friday, with in a day how it possible that all the booking is full? I thing the Western bus cooperation is doing illegal to people since last couple of year , competing all the ticket to the people whose are their relatives and friends. …. even tickets are sold below the tables. even the ticket booking system is bottom to up .. they should give preference who come first to chose the sheet , but it works just reverse……

Shalik Ram Paudel
Kathmandu,
Sandhikharka 9 Phudbang. Arghakhanchi 

अन्य समाचारहरु