सिमलपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिमलपानी गाविसको गाविस वडा नं. १ करेचुलीमा सूचनाको अधिकार सम्वन्धि अनुभव आदानप्रदान र प्रहरी मेरो साथी कार्यक्रम सम्पन्न गरेको छ ।
सूचना तथा सुशासन अभियान, सिआईजीले आयोजना गरेको उक्त कार्यक्रममा प्रहरी मेरो साथी कार्यक्रमका सन्चालक तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सहि भरत थापा, प्रमुख अतिथी बिशेष नापी प्रमुख मोहम्मद साबिर हुसैन, अतिथी सन्धिखर्क नगरपालीकाका सूचना अधिकारी नारायण पोख्रेल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा सिआईजीका अध्यक्ष मुक्ति नाथ भुसालले सूचनाको हक सम्वन्धि महत्व, व्यवहारीक प्रयोग र सम्भावीत समस्याहरुको समधान लगायतका बिषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
मेनुका भट्टराईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जलुकेको लापेमा सूचनाको अधिकार र प्रहरी मेरो साथी कार्यक्रम सम्पन्न
जलुके, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जलुके गाविसको लापेमा सूचनाको अधिकार सम्वन्धि अनुभव आदानप्रदान र प्रहरी मेरो साथी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम प्रहरी मेरो साथी कार्यक्रमका सन्चालक तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सहि भरत थापा, प्रमुख अतिथी बिशेष नापी प्रमुख मोहम्मद साबिर हुसैन, अतिथी सन्धिखर्क नगरपालीकाका सूचना अधिकारी नारायण पोख्रेल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा सिआईजीका अध्यक्ष मुक्ति नाथ भुसालले सूचनाको हक सम्वन्धि बिषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
श्रीराम गिरिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन पश्चात स्थानियहरुले हाम्रो टिमलाई अविर र मालाद्धारा बिदाई गरेका थिए ।